Skip to main content

Posts

Showing posts from 2016

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भिक समय उत्साहजनक रहनेछ। बृहस्पतिको अनुकूलताले विभिन्न अवसर प्राप्त हुनेछन्। व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ। प्रेमको बन्धन कसिनुका साथै दाम्पत्य सम्बन्ध स्थापित हुने समय छ। विभिन्न उपहार प्राप्त हुनेछन् भने आयआर्जनका स्रोत पनि बढ्नेछन्। घरमा मांगलिक कार्य सम्पन्न हुनेछ। मेहनतले उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति दिलाउन सक्छ। अध्ययन तथा रोजगारीका लागि विदेश यात्रा हुने ग्रहयोग छ। तर, दाम्पत्यसुखमा राहुको उपस्थितिले पारिवारिक असमझदारी बढाउन सक्छ। चोटपटक तथा नसा, जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले पनि सताउने देखिन्छ। एउटै काम धेरैपटक दोहोर्याउनुपर्दा मन खिन्न हुनेछ। प्रेम र दाम्पत्यमा खटपटी आउन सक्छ। साउन २२ देखि बृहस्पति कष्टस्थानमा जाने हुनाले काममा अवरोध सामना गर्नुपर्ला। शुभचिन्तकहरू कमजोर बन्नाले विरोधीहरू जाग्न सक्छन्। आफ्ना कमजोरीको फाइदा प्रतिपक्षीहरूले उठाउने सम्भावना छ। शनिको प्रभावले काममा विलम्ब हुनेछ। वर्षभरिमा माघ र फागुन महिना बढी उपलब्धिमूलक रहनेछन्। वर्षभरि राहुको मन्त्रजप एवं छिन्नमस्ता र बटुकभैरवको पूजा–आराधना गर्नाले लाभ मिल्नेछ। साउन २२ देखि शिवजी र