Skip to main content

तपाइको चैत्र माहिनाको राशिफल


कुम्भ
२०६६ साल » चैत्र महिना » कुम्भ राशी
गू गे गो सा सी सु से सो द
यस महिनामा सूर्यले तपाईको जन्मराशिको भ्रमण गरेकोले तपाईलाइ कतैको यात्रा हुनसक्ला । पेट तथा हड्डी सम्बन्धी रोगले सताउला । दैनिक दुःख होला । सम्मान इज्जतमा हानी होला । तपाईलाइ त्यति राम्रो फल दिने छैन । बिर्सने बानीको विकास होला । बाटोघाटोमा विवाद हुनसक्ला ।मंगल ग्रह तपाईको राशिको आँठौ स्थानमा भ्रमण गर्दै हुनाले तपाईलाइ घाउचोट पर्नसक्ला । धनको नाश होला । मानको पनि नाश होला । हातहतियारको पीडा होला । परदेशको वास होला । पदच्युत हुनुपर्ला । ऋण र रोगको बाधा अड्चन होला । आफ्नै साथीहरु शत्रु होलान् । प्रयत्नले गरेको काम सफल होला ।बुध ग्रह तपाईको साँतौ स्थानबाट आठौँ स्थानमा जानाले तपाईलाई सन्तानका तफृबाट सुख होला । धनको लाभ होला । वुद्धिको विकास होला तर मन अशान्ति होला । खानामा अरुचि तथा झूठा दोष लाग्ला ।शुक्र ग्रह ८ गतेबाट आठौँ स्थानमा जानाले तपाईलाई सम्पत्तिको सुखमा वृद्धि होला । स्वास्थ्यको लाभको योग छ । केही मात्रामा कष्ट भोग्नुपर्ला । ऋणमा लगाएको धन वृद्धि होला । शुक्र, बुध, मंगल अशुभ हुनाले शुभ अशुभ दुवैखालको फल प्राप्त हुँदै रहला ।

Popular posts from this blog

कुम्भ राशि वार्षिक राशिफल २०८२

राशि: कुम्भ (Aquarius) | स्वामी: शनि | रंग: निलो, भiolet | मूलांक: ४, ७, ९ सामान्य वार्षिक फल: प्रिय कुम्भ राशिका साथीहरु, २०८२ साल तपाईंको लागि नवीनताको, सामाजिक परिवर्तन र मानवताको वर्ष हुनेछ। शनि ग्रहको मार्गदर्शनले तपाईंलाई originality, independence र humanitarian pursuits मा अग्रसर बनाउनेछ। यस वर्ष तपाईंले technology, innovation र social causes मा महत्वपूर्ण योगदान दिनुहुनेछ। तर, rebellious nature र emotional detachment बाट सावधान रहनुहोला। Relationships मा communication र emotional connection बढाउनु जरुरी छ। आफ्नो uniqueness लाई positive रूपमा प्रयोग गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष progressive छ। Technology, research, social work, astronomy र innovation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Team projects मा success मिल्नेछ। Students ले unconventional subjects मा excellence हासिल गर्नेछन्। New ideas र experiments लाई encourage गर्नुहोस्। आर्थिक स्थिति: Financial status मा unexpected changes आउन सक्छन्। Technology investments र group projects बाट ला...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि सतर्क रहनुहाेला।

कुम्भ राशी

२०६६ साल » कुम्भ राशी गू गे गो सा सी सु से सो द यो २०६६ साल हो । यस वर्षो कार्त्तिक महिनासम्म राहुले तपाईको राशिको बाह्रौँ स्थान र केतुले छैठौँ स्थानको भ्रमण गर्दैछन् । त्यसकारण तपाईलाई यस अवधिमा राहु र केतुका तर्फाट सट्टापट्टा र जुवामा नोक्सान होला । पत्नी पुत्रको सुख सामान्य रहला । धर्म कार्यमा रुचि बढ्ला । घर गृहस्थीको काम सञ्चालनमा दक्षता बढ्ला । राम्रा मानिससँग संगत होला । नोकरी व्यवसाय तथा स्वास्थ्य सामान्य रहला । कुनै नयाँ साधनबाट धनको लाभ होला । उद्योग व्यवसायमा राम्रो सफलता मिल्ला । नसालु पदार्थबाट टाढा रहनुहोला । कार्त्तिक १८ गतेबाट राहु एघारौँ स्थानमा र केतु पाचौँ स्थानमा जानेछन् । त्यसपछिको अवधिमा तपाईलाई मीठो बोल्ने मानिसले धोका देलान् तर पनि तपाईको बौद्धिक विकास अवश्य पनि होला । दैनिक जीवनमा केही कठिनाइ आए पनि सफलता मिल्ला । आकस्मिक रुपमा धन प्राप्तिको योग छ । स्त्रीबाट सुख होला । तपाईले कुसंगत त्याग्नु पर्नेछ । बृहस्पतिले वैशाख ५ गतेबाट तपाईको जन्मराशिमा भ्रमण गरेकोले तपाइलाई भय त्रास पर्ला । व्यापार व्यवसाय उद्योगमा सामान्य लाभ होला । मानसिक चिन्ता पर्ला तर पनि तपाई...