Skip to main content

तपाइको यो साप्ताहिक राशिफल

कुम्भ
२०६६ साल » ४९ हप्ता » कुम्भ राशी
गू गे गो सा सी सु से सो द
लेनदेन कार्यमा वाद विवाद बढ्न सक्छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । पारिवारिक सहयोगले विशेष हौसल प्राप्त हुने छ । चिताएको काम सम्पन्न होला । साथीभाइ बाट प्राप्त हुने सहयोग यथावत् रहने छ ।  स्वास्थ्यमा ख्याल राखे सफलता पाउन सकिन्छ । 

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। रमाइलो यात्रा हुन सक्छ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि सतर्क रहनुहाेला।

कुम्भ राशी

२०६६ साल » कुम्भ राशी गू गे गो सा सी सु से सो द यो २०६६ साल हो । यस वर्षो कार्त्तिक महिनासम्म राहुले तपाईको राशिको बाह्रौँ स्थान र केतुले छैठौँ स्थानको भ्रमण गर्दैछन् । त्यसकारण तपाईलाई यस अवधिमा राहु र केतुका तर्फाट सट्टापट्टा र जुवामा नोक्सान होला । पत्नी पुत्रको सुख सामान्य रहला । धर्म कार्यमा रुचि बढ्ला । घर गृहस्थीको काम सञ्चालनमा दक्षता बढ्ला । राम्रा मानिससँग संगत होला । नोकरी व्यवसाय तथा स्वास्थ्य सामान्य रहला । कुनै नयाँ साधनबाट धनको लाभ होला । उद्योग व्यवसायमा राम्रो सफलता मिल्ला । नसालु पदार्थबाट टाढा रहनुहोला । कार्त्तिक १८ गतेबाट राहु एघारौँ स्थानमा र केतु पाचौँ स्थानमा जानेछन् । त्यसपछिको अवधिमा तपाईलाई मीठो बोल्ने मानिसले धोका देलान् तर पनि तपाईको बौद्धिक विकास अवश्य पनि होला । दैनिक जीवनमा केही कठिनाइ आए पनि सफलता मिल्ला । आकस्मिक रुपमा धन प्राप्तिको योग छ । स्त्रीबाट सुख होला । तपाईले कुसंगत त्याग्नु पर्नेछ । बृहस्पतिले वैशाख ५ गतेबाट तपाईको जन्मराशिमा भ्रमण गरेकोले तपाइलाई भय त्रास पर्ला । व्यापार व्यवसाय उद्योगमा सामान्य लाभ होला । मानसिक चिन्ता पर्ला तर पनि तपाई...