Skip to main content

२०८० | वार्षिक राशिफल

 कुम्भ राशिलाई यो वर्ष आसलाग्दो मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर हुँदै मध्यसम्ममा उपलब्धि प्राप्त गर्न सफल भइनेछ। उद्योग तथा पराक्रमभावमा बृहस्पतिको उपस्थितिले यो वर्ष अध्ययन भन्दा कर्मयोगले प्रश्रय पाउने देख्रिन्छ। ज्ञानमार्ग कमजोर देखिए पनि कर्मका निम्ति अध्ययन गर्ने अवसर भने जुट्नेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। पूर्वार्धमा देवगुरुको साथ प्राप्त राहु अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछन्। रोग र शत्रुमाथि विजय प्राप्त गर्न सफल भइनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै सम्मानित स्थान हासिल गर्न सकिनेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट फाइदा उठाउन सकिनेछ। विशेष यन्त्र र सवारीसाधन आदि प्राप्त हुने समय छ। कृषि, पशुपालन र उद्योगतर्फ मनग्य फाइदा हुनेछ। राजनीतिमा लाग्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने सम्भावना छ। आवश्यक स्रोत–साधन जुटाउन सकिनेछ। शीर्षभावमा शनिको उपस्थितिले मन–मस्तिष्कमा आलस्य जाग्ने, अध्ययनमा स्मरण र लेखनमा स्फुरण शक्ति कमजोर बन्ने, थकान महसुस हुने, समयमा काम गर्न नसकिने जस्ता समस्या देखा पर्नेछन्। वर्षभरि शनिदेवको मध्य साढेसाती चल्ने हुँदा विभिन्न व्यवधानसँग संघर्ष पनि भइरहनेछ। जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूको स्वास्थ्य कमजोर हुनेछ, खर्च बढ्नेछ र आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। आलस्य, ढिलासुस्ती गर्ने बानीले व्यवहारमा दुःख पाइनेछ। वर्षको उत्तरार्धमा राहुको प्रतिकूल प्रभावले वाणी तथा लेखनद्वारा व्यक्त विषय विवादास्पद बन्न सक्छ। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या देखा पर्नेछन्। केतुको प्रभावले कब्जियत, शूल र चोटपटक जस्ता बाधा निम्त्याउन सक्छ। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा समस्याबाट छुटकारा मिल्नेछ। शनिका लागि काली भगवती र राहु–केतुका लागि वटुकभैरवको पूजा तथा नियमित हनुमानचालीसा पाठ गर्नाले फाइदा हुनेछ। वैशाख, साउन, मंसिर र पुस महिना विशेष फलदायी हुनेछन् भने भने जेठ, असोज र माघ अलि प्रतिकूल रहनेछन्।



उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

Comments

Popular posts from this blog

कुम्भ राशि वार्षिक राशिफल २०८२

राशि: कुम्भ (Aquarius) | स्वामी: शनि | रंग: निलो, भiolet | मूलांक: ४, ७, ९ सामान्य वार्षिक फल: प्रिय कुम्भ राशिका साथीहरु, २०८२ साल तपाईंको लागि नवीनताको, सामाजिक परिवर्तन र मानवताको वर्ष हुनेछ। शनि ग्रहको मार्गदर्शनले तपाईंलाई originality, independence र humanitarian pursuits मा अग्रसर बनाउनेछ। यस वर्ष तपाईंले technology, innovation र social causes मा महत्वपूर्ण योगदान दिनुहुनेछ। तर, rebellious nature र emotional detachment बाट सावधान रहनुहोला। Relationships मा communication र emotional connection बढाउनु जरुरी छ। आफ्नो uniqueness लाई positive रूपमा प्रयोग गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष progressive छ। Technology, research, social work, astronomy र innovation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Team projects मा success मिल्नेछ। Students ले unconventional subjects मा excellence हासिल गर्नेछन्। New ideas र experiments लाई encourage गर्नुहोस्। आर्थिक स्थिति: Financial status मा unexpected changes आउन सक्छन्। Technology investments र group projects बाट ला...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि सतर्क रहनुहाेला।

कुम्भ राशी

२०६६ साल » कुम्भ राशी गू गे गो सा सी सु से सो द यो २०६६ साल हो । यस वर्षो कार्त्तिक महिनासम्म राहुले तपाईको राशिको बाह्रौँ स्थान र केतुले छैठौँ स्थानको भ्रमण गर्दैछन् । त्यसकारण तपाईलाई यस अवधिमा राहु र केतुका तर्फाट सट्टापट्टा र जुवामा नोक्सान होला । पत्नी पुत्रको सुख सामान्य रहला । धर्म कार्यमा रुचि बढ्ला । घर गृहस्थीको काम सञ्चालनमा दक्षता बढ्ला । राम्रा मानिससँग संगत होला । नोकरी व्यवसाय तथा स्वास्थ्य सामान्य रहला । कुनै नयाँ साधनबाट धनको लाभ होला । उद्योग व्यवसायमा राम्रो सफलता मिल्ला । नसालु पदार्थबाट टाढा रहनुहोला । कार्त्तिक १८ गतेबाट राहु एघारौँ स्थानमा र केतु पाचौँ स्थानमा जानेछन् । त्यसपछिको अवधिमा तपाईलाई मीठो बोल्ने मानिसले धोका देलान् तर पनि तपाईको बौद्धिक विकास अवश्य पनि होला । दैनिक जीवनमा केही कठिनाइ आए पनि सफलता मिल्ला । आकस्मिक रुपमा धन प्राप्तिको योग छ । स्त्रीबाट सुख होला । तपाईले कुसंगत त्याग्नु पर्नेछ । बृहस्पतिले वैशाख ५ गतेबाट तपाईको जन्मराशिमा भ्रमण गरेकोले तपाइलाई भय त्रास पर्ला । व्यापार व्यवसाय उद्योगमा सामान्य लाभ होला । मानसिक चिन्ता पर्ला तर पनि तपाई...