Skip to main content

Posts

Showing posts from 2010

कुम्भ राशी

२०६६ साल » कुम्भ राशी गू गे गो सा सी सु से सो द यो २०६६ साल हो । यस वर्षो कार्त्तिक महिनासम्म राहुले तपाईको राशिको बाह्रौँ स्थान र केतुले छैठौँ स्थानको भ्रमण गर्दैछन् । त्यसकारण तपाईलाई यस अवधिमा राहु र केतुका तर्फाट सट्टापट्टा र जुवामा नोक्सान होला । पत्नी पुत्रको सुख सामान्य रहला । धर्म कार्यमा रुचि बढ्ला । घर गृहस्थीको काम सञ्चालनमा दक्षता बढ्ला । राम्रा मानिससँग संगत होला । नोकरी व्यवसाय तथा स्वास्थ्य सामान्य रहला । कुनै नयाँ साधनबाट धनको लाभ होला । उद्योग व्यवसायमा राम्रो सफलता मिल्ला । नसालु पदार्थबाट टाढा रहनुहोला । कार्त्तिक १८ गतेबाट राहु एघारौँ स्थानमा र केतु पाचौँ स्थानमा जानेछन् । त्यसपछिको अवधिमा तपाईलाई मीठो बोल्ने मानिसले धोका देलान् तर पनि तपाईको बौद्धिक विकास अवश्य पनि होला । दैनिक जीवनमा केही कठिनाइ आए पनि सफलता मिल्ला । आकस्मिक रुपमा धन प्राप्तिको योग छ । स्त्रीबाट सुख होला । तपाईले कुसंगत त्याग्नु पर्नेछ । बृहस्पतिले वैशाख ५ गतेबाट तपाईको जन्मराशिमा भ्रमण गरेकोले तपाइलाई भय त्रास पर्ला । व्यापार व्यवसाय उद्योगमा सामान्य लाभ होला । मानसिक चिन्ता पर्ला तर पनि तपाई