Skip to main content

कुम्भ राशी

कुम्भ
२०६६ साल » कुम्भ राशी
गू गे गो सा सी सु से सो द
यो २०६६ साल हो । यस वर्षो कार्त्तिक महिनासम्म राहुले तपाईको राशिको बाह्रौँ स्थान र केतुले छैठौँ स्थानको भ्रमण गर्दैछन् । त्यसकारण तपाईलाई यस अवधिमा राहु र केतुका तर्फाट सट्टापट्टा र जुवामा नोक्सान होला । पत्नी पुत्रको सुख सामान्य रहला । धर्म कार्यमा रुचि बढ्ला । घर गृहस्थीको काम सञ्चालनमा दक्षता बढ्ला । राम्रा मानिससँग संगत होला । नोकरी व्यवसाय तथा स्वास्थ्य सामान्य रहला । कुनै नयाँ साधनबाट धनको लाभ होला । उद्योग व्यवसायमा राम्रो सफलता मिल्ला । नसालु पदार्थबाट टाढा रहनुहोला ।

कार्त्तिक १८ गतेबाट राहु एघारौँ स्थानमा र केतु पाचौँ स्थानमा जानेछन् । त्यसपछिको अवधिमा तपाईलाई मीठो बोल्ने मानिसले धोका देलान् तर पनि तपाईको बौद्धिक विकास अवश्य पनि होला । दैनिक जीवनमा केही कठिनाइ आए पनि सफलता मिल्ला । आकस्मिक रुपमा धन प्राप्तिको योग छ । स्त्रीबाट सुख होला । तपाईले कुसंगत त्याग्नु पर्नेछ ।

बृहस्पतिले वैशाख ५ गतेबाट तपाईको जन्मराशिमा भ्रमण गरेकोले तपाइलाई भय त्रास पर्ला । व्यापार व्यवसाय उद्योगमा सामान्य लाभ होला । मानसिक चिन्ता पर्ला तर पनि तपाईको मनोरथ पूरा होला । साउन २४ गतेबाट बृहस्पति उल्टो गतिबाट बाह्रौ फर्केकाले सपरिवार कुटुम्बमा पीडा होला । विविध भौतिक योजनामा अवरोध आइपर्ला । दुःख परेसानी होला । स्वास्थ्यमा समस्या पर्ला । दिमाग कमजोर होला । आकस्मिक ग्रहण लिनुपर्ला । दुर्घटना होला । रोगको भय पर्ला । आँखामा असर देखिएला ।

मंसिर २९ गतेबाट गुरु जन्मराशिमा फर्किएकाले बिताएका कामहरुमा सफलता सामान्य रहला । पत्नी सन्तानबाट भने हर्षहोला । जम्मा गरेको धन खर्च हुनेछ । सामान्य लाभ होला । पत्नी र सन्तानका तर्फाट भने लाभ होला । सामाजिक सेवा, परोपकारको काम गर्नाले सफलता मिल्ला ।

शनि ग्रह गएको वर्षेखि नै तपाईको राशिको सातौँ स्थानको भ्रमण गर्दै आएका छन् । परिवारको सुख सामान्य होला । व्यापारमा ह्रास आउला सहकर्मी र साथीसँग सम्बन्ध राम्रो राख्नु राम्रो हुनेछ । धार्मिक राजनीतिक आर्थिक गतिविधिमा विरोध अवरोध पर्ला । निजी काम सञ्चालन हारकै मानिस बाधक हुनेछन् । स्त्री तथा सन्तानका तर्फध्यान दिनुपर्ला । र्व्यर्थको खर्चले सताउला ।

भदौ २० गतेबाट शनि सातौँ स्थान पार गरि आठौँमा जानाले अढैया शनि सुरु भएको छ । त्यसकारण तपाईलाई आर्थिक उन्नतिमा व्यर्थैको अवरोध होला । ठूलो लगानी गरेर ठूलो काम गर्नमा सावधानी अपनाउनुपर्ला । पूँजीमा धक्का लाग्न सक्ला समष्टिमा मिलाएर हर्ेदा यस वर्ष उचार चढाव हानि लाभ दुबै हुनसक्ला । यात्रामा कष्ट होला । प्रवासमा पनि दुःख कष्टको सामना गर्नुपर्ला ।

माघबाट आठौँ शनि बक्री हुनेछ । सो समयपछिको समयलाई कष्टकारी नै भन्नुपर्छ । उद्योग कार्य केही त होला । परिवारका सदस्यका तर्फाट दुःख कष्ट होला । बेरोजगारी समस्याले सताउला । कठिन परिश्रमले रोजगारी मिल्ला । सामाजिक सेवाको काम गर्नाले शान्ति होला ।

Comments

Popular posts from this blog

२०७२ सालको बार्षिक राशि फल

बर्षारम्भमा अष्टम राहु, द्वितीय केतु तथा षष्ठ गुरुको प्रतिकूलताले स्वास्थ्य र अर्थिक कठिनाइले चिन्तित बनाउनेछ । लेनदेनको विवाद चर्किदा कानुनको शरणमा समेत पुग्नुपर्ने हुन सक्छ । शत्रुले पाहिला पाहिलामा खैरो खन्नेछन्। असफलता धेरै हुँदा मनोबल कमजोर हुनेर काम गर्ने आँट नआउने हुँदा सबैकाम अधुरा रहनेछन्। आमदानीका मार्ग बन्द हुने र खर्चगर्नपर्ने बाध्यताहरुले चिन्ता बढाउने हुँदा निद्राको समस्याबाट बच्नपानी धेरै पिउनु पर्ला । विश्वास दिलाएर फसाउनेहरू प्रशस्तै हुने भएकाले उच्च नेता वा कर्मचारीको ओहोदामा हुनेले कुनै पनि काम गर्दा अरुको विश्वास गरेमा पदप्रतिष्ठामा आँचआउन सक्छ । आषाढ २६ गतेदेखि सप्तम गुरुले गोचर गर्नेहुँदा समय अलि राम्रो हुनेछ । व्यापारमा सफलता मिल्नुको साथै वैदेशिक कार्यमा अपेक्षित सुधार आउनेछ । राज्यको प्रतिनिधित्व गरेर नाम र दाम पाउने गरी विदेशजाने अवसर मिल्नेछ, कूटनैतिक कार्यमा अग्रस्थान राज्यबाटपाउनुहोला । नोकरीमा सुधार आउने, राजनीतिमा वैदेशिक सहयोग र स्वदेशी सद्भावद्वारा गुमेको स्थान फर्काउन सफल हुनुहोला । माघदेखि राहुअनुकूल हुने हुँदा सफलताका मार्गहरू सबै खुल्नेछन् । घर तथा

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भिक समय उत्साहजनक रहनेछ। बृहस्पतिको अनुकूलताले विभिन्न अवसर प्राप्त हुनेछन्। व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ। प्रेमको बन्धन कसिनुका साथै दाम्पत्य सम्बन्ध स्थापित हुने समय छ। विभिन्न उपहार प्राप्त हुनेछन् भने आयआर्जनका स्रोत पनि बढ्नेछन्। घरमा मांगलिक कार्य सम्पन्न हुनेछ। मेहनतले उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति दिलाउन सक्छ। अध्ययन तथा रोजगारीका लागि विदेश यात्रा हुने ग्रहयोग छ। तर, दाम्पत्यसुखमा राहुको उपस्थितिले पारिवारिक असमझदारी बढाउन सक्छ। चोटपटक तथा नसा, जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले पनि सताउने देखिन्छ। एउटै काम धेरैपटक दोहोर्याउनुपर्दा मन खिन्न हुनेछ। प्रेम र दाम्पत्यमा खटपटी आउन सक्छ। साउन २२ देखि बृहस्पति कष्टस्थानमा जाने हुनाले काममा अवरोध सामना गर्नुपर्ला। शुभचिन्तकहरू कमजोर बन्नाले विरोधीहरू जाग्न सक्छन्। आफ्ना कमजोरीको फाइदा प्रतिपक्षीहरूले उठाउने सम्भावना छ। शनिको प्रभावले काममा विलम्ब हुनेछ। वर्षभरिमा माघ र फागुन महिना बढी उपलब्धिमूलक रहनेछन्। वर्षभरि राहुको मन्त्रजप एवं छिन्नमस्ता र बटुकभैरवको पूजा–आराधना गर्नाले लाभ मिल्नेछ। साउन २२ देखि शिवजी र