Posts

पुष २०८० कुम्भ राशि को राशिफल

  भित्रैबाट मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ । कृषि क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
Recent posts