Skip to main content

२०७२ सालको बार्षिक राशि फल

बर्षारम्भमा अष्टम राहु, द्वितीय केतु तथा षष्ठ गुरुको प्रतिकूलताले स्वास्थ्य र अर्थिक कठिनाइले चिन्तित बनाउनेछ । लेनदेनको विवाद चर्किदा कानुनको शरणमा समेत पुग्नुपर्ने हुन सक्छ । शत्रुले पाहिला पाहिलामा खैरो खन्नेछन्। असफलता धेरै हुँदा मनोबल कमजोर हुनेर काम गर्ने आँट नआउने हुँदा सबैकाम अधुरा रहनेछन्। आमदानीका मार्ग बन्द हुने र खर्चगर्नपर्ने बाध्यताहरुले चिन्ता बढाउने हुँदा निद्राको समस्याबाट बच्नपानी धेरै पिउनु पर्ला । विश्वास दिलाएर फसाउनेहरू प्रशस्तै हुने भएकाले उच्च नेता वा कर्मचारीको ओहोदामा हुनेले कुनै पनि काम गर्दा अरुको विश्वास गरेमा पदप्रतिष्ठामा आँचआउन सक्छ । आषाढ २६ गतेदेखि सप्तम गुरुले गोचर गर्नेहुँदा समय अलि राम्रो हुनेछ । व्यापारमा सफलता मिल्नुको साथै वैदेशिक कार्यमा अपेक्षित सुधार आउनेछ । राज्यको प्रतिनिधित्व गरेर नाम र दाम पाउने गरी विदेशजाने अवसर मिल्नेछ, कूटनैतिक कार्यमा अग्रस्थान राज्यबाटपाउनुहोला । नोकरीमा सुधार आउने, राजनीतिमा वैदेशिक सहयोग र स्वदेशी सद्भावद्वारा गुमेको स्थान फर्काउन सफल हुनुहोला । माघदेखि राहुअनुकूल हुने हुँदा सफलताका मार्गहरू सबै खुल्नेछन् । घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । अरुसँग गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ । पढाइमा सफलता मिल्ने, सन्तानहरुबाट सहयोग पाउने, सन्तान नहुनेको सन्तान प्राप्ती हुने योगसमेत देखिन्छ । पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला । बैशाख,श्रावण, मार्ग, पौष समय आफ्नु पक्षमा रहने भएकोले राम्रो काममा अग्रसर हुनुहोला । ज्येष्ठ, आश्विन, माघ प्रतिकूल महिना भएकोले संयम भएर काम गर्नुहोला ‘ॐ नमः शिवाय’ मन्त्रको जप सधैँ गर्नुहोला ।

Comments

Popular posts from this blog

कुम्भ राशि वार्षिक राशिफल २०८२

राशि: कुम्भ (Aquarius) | स्वामी: शनि | रंग: निलो, भiolet | मूलांक: ४, ७, ९ सामान्य वार्षिक फल: प्रिय कुम्भ राशिका साथीहरु, २०८२ साल तपाईंको लागि नवीनताको, सामाजिक परिवर्तन र मानवताको वर्ष हुनेछ। शनि ग्रहको मार्गदर्शनले तपाईंलाई originality, independence र humanitarian pursuits मा अग्रसर बनाउनेछ। यस वर्ष तपाईंले technology, innovation र social causes मा महत्वपूर्ण योगदान दिनुहुनेछ। तर, rebellious nature र emotional detachment बाट सावधान रहनुहोला। Relationships मा communication र emotional connection बढाउनु जरुरी छ। आफ्नो uniqueness लाई positive रूपमा प्रयोग गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष progressive छ। Technology, research, social work, astronomy र innovation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Team projects मा success मिल्नेछ। Students ले unconventional subjects मा excellence हासिल गर्नेछन्। New ideas र experiments लाई encourage गर्नुहोस्। आर्थिक स्थिति: Financial status मा unexpected changes आउन सक्छन्। Technology investments र group projects बाट ला...

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। रमाइलो यात्रा हुन सक्छ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि सतर्क रहनुहाेला।